

हाम्रो बारेमा
नेपालमा सामुदायिक वनको अवधारणाले मूर्तरुप लिएको झण्डै पाँच दशक पुग्न लागेको छ । हालसम्म देशको कूल वन क्षेत्रको करिव ३५ प्रतिशत वन क्षेत्रको संरक्षण, विकास, उपयोगमा सामुदायिक वन उपभोक्ताहरु संलग्न छन्। सामुदायिक वनका कार्ययोजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण आज देशका नागांपाखा र वञ्जर भूमिहरु हरियालीमा परिणत भई सकेका छन् । सामुदायिक वन, प्राकृतिक श्रोत व्यवस्थापनको एक सफल अभ्यास र सिकाईको रुपमा स्थापित र नेपाललाई गर्वका साथ विश्व सामु चिनाउनका लागि आज एउटा गतिलो र भरपर्दो माध्यम बनेको अवस्था छ ।
विगतमा नेपालको ग्रामिण समुदायमा बस्ने जनताका लागि जीविकोपार्जनको गतिलो माध्यम बनेको सामुदायिक वनले समयक्रमसँगै अव जलवायु परिवर्तन, वातावरणीय सेवा भुक्तानी, पर्यापर्यटन तथा उद्यम विकास, नीजि क्षेत्रको सहभागिता, दिगो वन व्यवस्थापन, सुशासन तथा समावेशीकरण, राष्ट्रिय अर्थतन्त्रमा योगदान, लाभको न्यायोचित वाँडफाँड, मानव वन्यजन्तु सहअस्तित्व, सामुदायिक विकास, जैविक विविधता संरक्षण जस्ता सवालहरुलाई सम्वोधन गर्नका लागि अगाडि वढ्नुपर्ने छ। यो प्राप्तीका लागि सामुदायिक वनको कार्यान्वयनबाट प्राप्त सिकाई र उपलव्धिहरुलाई लिपिवद्द गर्दै स्थानीय जनता र वन प्राविधिकहरुसँगको सहभागितामा आवश्यकता अनुसारको निरन्तर कानुनी तथा नीतिगत सुधार, कार्ययोजना र कार्यक्रम तयारी, वजेटको व्यवस्था र संस्थागत संरचनामा सुधार/परिमार्जन गर्दै जानुपर्ने देखिन्छ।
यसै क्रममा संघियता पछि विकास समिति ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी अध्ययन केन्द्र गठन आदेश, २०७४ स्विकृत भएको र मिति २०७५।०१।१५ को ...
पछिल्ला सूचना
-
आशय पत्र( कम्पाउन्ड वाल, ठोकर्पा, सिन्धुपाल्चोक)
2025-02-17 05:35:05
-
सामुदायिक वन सम्बन्धित क्षेत्रमा थेसीस ( स्नातकोत्तर तह) प्रस्ताव पेश गर्ने सम्बन्धी पुन: सूचना
2025-01-26 07:01:03
-
परिशिष्टको लागि सूचना
2025-02-04 05:01:14
-
बोलपत्र आव्हान सम्बन्धी सूचना ( कम्पाउन्ड वाल) ठोकर्पा, सिन्धुपाल्चोक
2025-01-06 05:05:24
-
लेख / रचना उपलब्ध गराउने सम्बन्धी सूचना
2025-01-02 07:33:04
तथ्य र चित्र
Total facts and figures per year
२३०२६
सामुदायिक वन
७१९४
कबुलियती वन
३१
साझेदारी वन
२०३
धार्मिक वन
११
वन संरक्षण क्षेत्र
Quick Links
ग्यालरी र भिडियोहरू
